ड्युटीमा हिडेका चिकित्सकमाथि प्रहरीको लाठी, टाउकोमा गम्भीर चोट, उपचार हुँदै

0
Shares

काठमाडौँ।

ड्युटीमा हिडेका ट्रमासेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा हिडेको भन्दै ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो ।

काममा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंहले आफ्नो परिचय पत्र देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्दै प्रहरीले डा. सिंहमाथि लठ्ठी प्रहार गरे । लाठी प्रहारबाट सिंहको टाउकोमा गम्भीर चोट लागेको र अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ।

चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर र नर्स सडकमै विरोधमा उत्रिएका छन्। अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि शहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने सडक अवरुद्ध भएको छ। ।

चिकित्सकहरुले ‘प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद’ भन्दै नाराबाजी गरिरहेका छन् ।