चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका डाक्टर र नर्स सडकमा

0
Shares

काठमाडौँ।

वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर र नर्स बिरोधमा सडकमा उत्रिएका छन्। डाक्टर र नर्स विरोधमा उत्रिएपछि अहिले शहीदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने सडक अवरुद्ध भएको छ।

उनीहरुले ‘प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद’ भन्दै नारा लगाईरहेका छन् ।

प्रहरीले भने चिकित्कसलाई अवरोध हटाउन अनुरोध गरिरहेको छ।