प्राधिकरणले खारेज गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स

0
Shares

काठमाडौँ।

नेपाल दूरसंचार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। शुक्रवार एक सूचना जारी गर्दै प्राधिकरणले प्रभु डिजिटल लिमिटेड र एलएनटी इन्फोटेक प्रालिको लाइसेन्स खारेज गरेको छ।

अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेपछि प्राधिकरणले दूरसंचार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वत: खारेज भएको जानकारी दिएको छ।

प्राधिकरणले सूचना जारी भएको मितिले ३० दिन भित्र प्रभु डिजिटल र एलएनटी इन्फोटेकलाई तिर्न तथा बुझाउन बाँकी रकमबारे कार्यालयमा सम्पर्क गर्न समेत ताकेता गरेको छ।