लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना जगाउँदै लमजुङ प्रहरी

0
Shares

काठमाडाैं  । 

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु पदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लमजुङ प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

नेपालमा घट्ने बिबिध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुर्व्यसनको रुपमा रहेको लागु औषधलाई प्रहरी एक्लैको प्रयास तथा कानुनी कारवहीले मात्र नियन्त्रण गर्न असम्भव भएकाले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरिएको लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।

कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विगतका वर्षहरु देखिनै समुदाय स्तरमा विविध सचेतना मूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

कार्यक्रममा विद्याथीहरूलार्ई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्ने सकिन्छ भन्ने वारेमा जानकारी गराइएको थियो ।

प्रहरीले लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक, बिद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रीत रहि विद्यालयहरुमा सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।