फागुन ३ गतेदेखि यातायात मजदुरहरूले सडक आन्दोलन गर्ने

0
Shares

काठमडौं ।

यातायात मजदुर संघले आगामी फागुन ३ गतेदेखि आन्दोलन गर्ने भएका छन् । आफ्नो माग पूरा नभएको भन्दै संघहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्।

आन्दोलनको कार्यक्रम तालिका फागुन १ गते बृहत भेलामार्फत घोषणा हुने भए पनि हालसम्मको निर्णयअनुसार फागुन ३ गतेदेखि यातायात ठप्प हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार एक कार्यक्रम आयोजना गरी संयुक्त आन्दोलन परिचालन घोषणा गरेका हुन्।

कार्यक्रममा आन्दोलन परिचालन कमिटीको घोषणा गर्दै भीमज्वाला राईले आफूहरूलाई आन्दोलनमा जान सरकारले बाध्य पारेको बताए।यसैगरी आन्दोलनलाई सहज बनाउन ४१ सदस्यीय संयुक्त आन्दोलन परिचालन सचिवालय गठन गरिएको राईले जानकारी दिए।