उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा रास्वपा पनि सहभागी

0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट रास्वपा बाहिरिए पनि बैठकमा सहभागी भएको छ ।

आज (शुक्रबार) सत्ता साझेदार दलको जारी उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी भएका हुन् । गत आइतबार सरकारबाट बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपा उपस्थितिलाई महत्वका साथ हेरिएको छ ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको जनाइएको छ ।

राष्ट्रपति निर्वाचन आसन्न फागुन २५ मा हुनेछ ।