माओवादी केन्द्र प्रदेश समन्वय समितिको बैठक आजदेखि शुरू

0
Shares

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश समन्वय समितिको बैठक शुरु गर्ने भएको छ । आज (शुक्रबार)देखि पार्टी कार्यालय पेरिशडाँडामा बैठक बस्ने पार्टी वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जनाकारी दिए ।

केन्द्रिय कमिटीको बैठक सम्पन्न भए लगत्तै प्रदेश समन्वय समितिको बैठक शुरु गरिने महराले बताए । आगामी फागुन ५ गतेसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरेअनुसार आजदेखि उक्त समितिको बैठक शुरु हुन लागेको हो ।

जसअनुसार प्रदेश–१ र बागमती प्रदेशमा यहीँ माघ २७ गते पहिलो बैठक बस्ने भएको छ । त्यस्तै मधेस प्रदेशको माघ २८, गण्डकी प्रदेश माघ २९े, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशको फागुन २, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।