दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने एमालेको निर्णय

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष समेत निकालेको एमालेले जनाएको छ । वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको निष्कर्ष निकाल्दै बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ ।

पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटव्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी तोकेको छ ।

पार्टीको निर्णयअनुसार केन्द्रीय कमिटीका सदस्यहरूले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने बताइएको छ ।

साथै, अभियान सञ्चालन अघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने नेकपा एमालेका नेता विशाल भट्टराइले जानकारी दिनुभयो ।