त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड

प्रमुख डा. कँडेलद्वारा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता


काठमाडौं।

त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुखको कार्यकक्षमा बिहीबार तोडफोड भएको छ । विभागीय प्रमुख डा.ईश्वरी प्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष बताउने शम्भुप्रसाद भट्टले छापामार शैलीमा आक्रमण गरी फर्निचरहरुमा क्षति पु¥याएका छन्।

डा.कँडेलमाथि भौतिक रुपमा आक्रमणको प्रयास समेत भएकोले ज्यान मार्ने उद्योगमा भट्टविरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी समेत दर्ता भएको छ ।

अनेरास्ववियुको नाममा सुनिता बरालद्वारा हस्ताक्षरित पत्रमार्फत आर्थिक सहयोग गर्नेबारेमा विभागमा पत्र पठाएको र विभागीय प्रमुखले सार्वजनिक संस्थामा चन्दा दिन नमिल्ने बताउनुभएको थियो ।

सोही विषयलाई लिएर ज्यान मार्नका लागि तोडफोड गरिएको प्रहरी वृत्तमा डा.कँडेलले दिनुभएको जाहेरीमा उल्लेख छ ।