विद्यार्थी सङ्गठनद्वारा विभिन्न कलेजमा स्ववियु  माग

0
Shares

नवलपरासी।

जिल्लामा सञ्चालित क्याम्पसहरूमा स्ववियु निर्वाचनको माग गर्ने विद्यार्थी संगठनहरूले निर्णय गरेका छन् ।बुधवार कावासोती स्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा पत्रकारहरू माझ प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संघ संगठनका अगुवाहरूले स्ववियु निर्वाचनको माग गरेका हुन् ।

यसरी स्ववियु माग गरिएका पूर्वी नवलपरासीका कलेजहरूमा जनक कलेज,एसपिएम कलेज,लुम्बिनी आईसिटी,कालिका संस्कृत बिद्धापिठ र नमुना कलेज गैँडाकोट रहेका छन् ।

यसैगरि देबचुली कलेज रजहर,जनज्योति कलेज प्रगतिनगर,कुमारवर्ती तथा मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती,नवजारण बहुमुखी क्याम्पस  चोरमारा र अरूणखोला बहुमुखी क्याम्पस अरूणखोला रहेका छन् ।

नेपाल विद्यार्थी संघ,अनेरास्ववियु दुवै ,अखिल क्रान्तिकारी र राप्रबि संगठनका जिल्ला अध्यक्षहरूको संयुक्त भेलाले एक स्वरमा स्ववियुको माग गरेका हुन् ।
कालिका संस्कृत बिद्यापीठ गैँडाकोट र कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीमा यसअघि नै स्ववियु निर्वाचनको परिपाटी बसिसकेको छ थप ११ कलेजमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट स्ववियु माग गरिएकाे हाे ।

यसका साथै विद्यार्थी संगठनहरूले कलेजहरूमा स्ववियु निर्वाचन गर्न साझा दबाब सिर्जना गर्ने र आपसी सहमति बनाई राख्ने उद्देश्यले राजनैतिक दलका कार्यालयमा संयुक्त बैठक बस्ने नीति पनि अवलम्बन गरेका छन् ।

आगामी चैत ५ गते स्ववियु निर्वाचनको घोषणासँगै विद्यार्थी संघ संगठनहरूले जिल्लाका कलेजहरूमा स्ववियु निर्वाचनका लागि दबाब बढाएका हुन् ।
पत्रकार सम्मेलनमा विभिन्न विद्यार्थी संगठनका केन्द्रीय तथा जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।