प्रधान सेनापति शर्मा र चीनका राजदूतबीच भेटघाट

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ। उहाँहरुबीच आज प्रधान सेनापतिको कार्यकक्ष जङ्गी अड्‍डामा शिष्टाचार भेट भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।