एमाले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम

0
Shares

काठमाडौं।

नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी तोकेको हो ।

यसअघि देवराज घिमिरे इन्चार्ज रहेकोमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनले पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भएका छन् ।

यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शीला यादवलाई दिएको छ । रामचन्द्र मण्डलले मधेस प्रदेशको सभामुख भएपछि धनुषा इन्चार्ज लगायतका पार्टीको भूमिकाबाट अलग भएका थिए ।

अर्थ योजना विभागको प्रमुखमा डा. बिन्दा पाण्डे र अपाङ्गता क्षेत्र हेर्ने विभागको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ ।