प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु गर्नु भएको छ । यही माघ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो।

 

सोही निर्णय अनुसार आज जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई प्रधान सेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो।

पदोन्नती हुनु भएका उपरथी भट्ट श्री प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

सोही अवसरमा, प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १ (एक) जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ४ (चार) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।