राष्ट्रिय सभामा दसौंदी निर्वाचित

0
Shares

काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो ।

दसौंदीले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दसौंदी राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७ सय २० र नागरिक उन्मुक्ति पार्टीका रायले १ सय ९२ मतभार पाउनुभएको थियो ।

एमाले उम्मेदवारी दसौंदीलाई सत्ता साझेदार एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलको समर्थन थियो ।