प्रधान सेनापति शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज प्रधान सेनापति शर्माको कार्यकक्ष जङ्गीअड्डामा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।