दिलु हेटौंडा डान्सिङ स्टार

0
Shares

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा भएको १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवअन्तर्गतको हेटौंडा डान्सिङ स्टारको उपाधि दिलु ऋतु श्रेष्ठले चुमेकी छन् ।

एसएमएस भोटिङ र निर्णायकको मूल्यांकनका आधारमा श्रेष्ठले प्रथम स्थान हासिल गर्दै नगद २० हजारका साथमा विभिन्न सुविधा र पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा दीपिका चौधरी र मन्दिरा घिसिङ क्रमशः तृतीय भएका छन् । उनीहरुले नगद २० र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी, स्यारोन श्रेष्ठ र अन्तिमा लामाले सान्त्वना पुरस्कार पाए ।

प्रतियोगितामा भूमिका सन्ध्या आचार्य, सुजन श्रेष्ठ, सगुन श्रेष्ठ र सुवास गहतराज निर्णायक थिए ।