प्रधान सेनापतिद्वारा सामूहिक तालिमको निरीक्षण

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले श्री उपत्यका पृतना हेडक्वाटर अन्तर्गतका फौजहरु सम्मिलित भई ललितपुरको लेलेमा सञ्चालन भइरहेको सामुहिक तालिमको निरीक्षण गर्नु भएको छ।

हाल नेपाली सेनाका विभिन्न युनिटहरु आ–आफ्नो जिम्मेवारी ईलाकाहरुमा सामुहिक तालिमको क्रममा छन्।

निरीक्षणको क्रममा प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नुभयो ।