राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

0
Shares

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धन तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।
उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।