क्रिष्पी नेपालगञ्ज लिटिल स्टार

0
Shares

नेपालगञ्ज लिटिल स्टार प्रतियो गितामा १३ वर्षीया क्रिष्पी सिंह ठकुरी विजेता भएकी छन् । शनिबार सोल्टी वेस्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुलकी आठ कक्षामा अध्ययनरत क्रिष्पीले बेस्ट स्माइल उपाधिसमेत जितिन् ।

प्रतियोगितमा युनिसा डिसी फस्ट र निमा शेर्पा सेकेन्ड रनर्सअप भइन्। १८ वर्षमुनि मात्र स्पर्धा गराइएको प्रतियोगितामा निवेदिता न्यौपाने अर्गनाइजर च्वाइस अवार्ड, बेस्ट वाक र फोटोजेनिक तथा समृद्धि क्षेत्री भ्युअर्स च्वाइस अवार्ड विजेता भए ।

प्राइमेरीतर्फको स्पर्धामा मनन श्रेष्ठ विजेता तथा प्राञ्जय चन्द ठकुरी फस्र्ट र गीर्वाणराज शर्मा सेकेन्ड रनर्सअप भए ।

छात्रातर्फ प्रणिती खड्का विजेता तथा साइसा लामिछाने फस्ट, प्रसन उपाध्याय सेकन्ड रनर्सअप, श्रीयन्शा शाह र शिवाञ्जली अवस्थी भ्युअर्स च्वाइस अवार्ड विजेता भए भने प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता, इशिका यरी फस्ट, कृष्टिना थारू सेकेन्ड रनर्सअप भए ।

छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता, निशाद नेपाल फस्ट र राइडेन लामा सेकेन्ड रनर्सअप भए ।