रास्वपाको बैठक बस्दै, सभापति रविले पत्रकार सम्मेलन गर्ने

0
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भर्एको छ । बैठक आज (आइतबार) बिहान ११ बजेदेखि बस्ने भनिए पनि केहीबेर ढिला बस्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको हिजो (शनिबार) साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशका आधारमा रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिने बताइएको छ भने सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् ।