राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

0
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन मनोनयन दर्ता हुने भएको छ । आज (आइतबार) दिउँसो १ बजे देखि ४ बजेसम्म मनोनयन दर्ता हुने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दताको कार्यक्रम रहेको छ ।

सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन् ।

यद्यपि आज दुवैको तर्फवाट उम्मेदवार मनोयन भने हुनेछ ।