कलाकर्मी सम्मानित

0
Shares

नेपाली फिल्म, गीतसंगीत, फेसनका साथै क्षेत्रका विभिन्न व्यक्तित्वलाई राजधानीमा हालै आयोजित एक समारोहबीच राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९ बाट सम्मान गरिएको छ ।

विलक्षण क्रियसन प्रालि तथा ब्युटी न्यूज नेपालको छैटौं वार्षिकोत्सबको अवसरमा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा फिल्म क्षेत्रबाट वितरक करण श्रेष्ठ ‘क्रेजी’, फिल्म निर्देशक लछु गौतम, हास्य अभिनेता बेगम नेपाली, सिनेमाटोग्राफर कृष्णबहादुर थापा, कोरियोग्राफर जोगेन्द्र केसी, कृष्ण रसाल, फेसन डिजाइन क्षेत्रबाट काजल शर्मा, दिलमायँ मगर, कोरियोग्राफीबाट अश्विनीकान्त झा, युवा उद्यमी बालकृष्ण पोखरेल, गीततर्पm प्रकाश सुवेदी, कमला रिसाल, प्रतिमा गुरुङ, गायनबाट नारायण थापा, ओम सुनार, केन्जुमा सुब्बा, चिरञ्जीवी भण्डारी, भारत सामरी, संगीतबाट योगेन्द्र उपाध्याय र शाहस शाक्य, सञ्चारबाट जीवन पराजुली र फोटो पत्रकार सुरेन्द्र थापा र साहित्य क्षेत्रबाट पारशप्रकाश नेपाल सम्मानित भए ।

प्रतिभालाई प्रोत्साहन गर्न सम्मान गर्दै आएको विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताए ।