परराष्ट्रमन्त्री डा. पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धनेबीच भेटवार्ता

0
Shares

काठमाडौं । श्रीलंकाको भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शनिबार शिष्टाचार भेट गर्नुभएको छ ।

श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा शनिबार बिहान सूर्योदयसँगै आयोजना गरिएको झण्डोत्तोलन र परेड कार्यक्रममा सहभागी हुनुभएको परराष्ट्रमन्त्री डा. पौड्यालले कार्यक्रमलगतै श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धनेसँग भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा श्रीलंकाका राष्ट्रपति गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीचको पुरानो मैत्री सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसअघि परराष्ट्रमन्त्री डा. पौड्यालले श्रीलंकाली समकक्षी एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा श्रीलंका सरकारले शनिबार विशेष समारोहको आयोजना गरेको हो ।