रास्वपाको आकस्मिक बैठक बस्दै

0
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक बस्दै छ । काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक बस्न लागेको हो ।

रास्वपाको यसअघिको बैठकले गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखेको थियो । साथै बैठकले दुई दिनको समय सीमा समेत दिएको थियो। उक्त समय आज सकिँदैछ। समय सकिन लागेकाले पुन: बैठक बसेर निर्णय लिन लागेको हो।