अन्तर्घात गर्ने नेतामाथि कारबाहीको डण्डा



काठमाडौ. । गत मंसिरमा सम्पन्न प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई जनता समाजवादी पार्टी (जसपा)नेपालले कारबाही गर्ने भएको छ ।

पुषमा बसेको राजनीतिक समितिको बैठकले निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेलाई कारबाही गर्ने निर्णय गरेको जसपाले जनाएको छ ।

हिजो (बुधबार) बारा जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा धोका दिने नेता कार्यकर्तालाई पार्टीमा कुनै स्थान नहुने चेतावनी समेत दिए ।

निर्वाचनमा भएका गतिविधिबारे छानबिन गर्न बनेको समितिले अन्तर्घातको आरोपितलाई पत्र काटेरै स्पष्टीकरण लिन थालेपछि निर्वाचनमा अन्तर्घात गर्नेहरूप्रति जसपा नेपाल कठोर बन्ने संकेत देखिएको छ ।

शिवलाल थापा संयोजकत्वको ५ सदस्यीय छानबिन समितिले केन्द्रीय तहका नेताको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्