आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

0
Shares

रौतहट । रौतहटमा मादक पदार्थ सेवन गरेर मातेको झोकमा चिरपट प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

बाबुलाई हत्या गरेको अभियोगमा छोरालाई हिजो (बिहीबार) राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले प्रक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।