फ्लोराले खोलिन् प्रेमीबाट पाएको यातना

0
Shares

बलिउड अभिनेत्री फुलोरा सैनीले प्रेमीबाट पाएको दर्दनाक यातनाबारे मुख खोलेकी छन् ।

उनले हालै आफू एक निर्मातासँग प्रेममा रहँदा भोग्नुपरेको हिसाबारे सञ्चार माध्यमका साथ कुरा गर्दै मनेकी छन् ती व्यक्तिले ममाथि निकै दुव्र्यवहार गरे । उनी मेरो अनुहार तथा गोप्य अगमा पिट्ने गर्थे ।

एकपटक मेरो पन खोसे भने मलाई काम गरिरहेको फिल्म छोड्न दबाब दिए । उनी म कसैसँग पनि बोलेको मन पराउंदैनथे, उनले मनेकी छन् । यसैवीच एक सॉझ उनले मेरो पेटमा बेस्सरी लात हाने ।

म डराएर आफ्नो घरमा आएँ र केही समयपछि स्वास्थ्य ठीक भएपछि काममा फर्किएँ । यसका साथै उनले आफूले यातना भोगेको समयको एक तस्वीर पनि सार्वजनिक गरेकी छन् । जसमा उनको अनुहार चोटका दागले मरिएका छन् भने उनलाई चिन्नसमेत मुस्किल पर्ने अवस्था छ ।

सन् १९९९ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले बेगम जान, भेटीया, रूषी जस्ता बलिउडका साथै थुप्रै कन्नड तथा तेलुगु फिल्ममा समेत काम गरेकी छन् ।