मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिंदैन : प्रधानमन्त्री दाहाल

0
Shares

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए ।
जवाफमा छोटो पत्रिक्रिया दिदै भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

सरकारमा बस्ने या नबस्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहदाँ प्रधानमन्त्री प्रचण्डको यस्तो पत्रिक्रिया आएको हो ।