क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

0
Shares

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मंगलबार बसेको क्यानको बोर्ड बैठकमा उनले राजीनामा दिएका हुन् ।

नेपाल टी–२० लिगमा भएको विवाद र स्पट फिक्सङका कारण तीव्र आलोचना भएपछि मल्लले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।

गत पुस ९ देखि २७ गतेसम्म भएको नेपाल टी–२० लिगमा मल्ल गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत वर्षको असोजमा पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो ।