अमेरिकी सहयोग नियोग प्रमुख अर्को साता काठमाडौं आईपुग्ने

0
Shares

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् ।

नियोगले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रअरीको पहिलो हप्ता काठमाडौं भ्रमणमा आउन लागेकी हुन् ।

राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी छन् ।

नेपालमा रहँदा पावरले राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ ।

पावर आइतबार काठमाडौं आइपुग्ने छन् ।