विद्युतीय कारोबारको सीमा बढ्यो

विश्वभर नै मन्दी लाग्छ : आईएमएफ

0
Shares

काठमाडौं । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो । त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया“सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपिया“सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो । साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपिया“ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ ।

राष्ट्र बैंकले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्ने सीमालाई भने घटाएर प्रतिदिन ५० हजार रुपिया“सम्म पठाउने सकिने व्यवस्था गरेको छ । यसअघि एकदिनमा १ लाख रुपिया“सम्म पठाउन सकिने व्यवस्था थियो । तर, प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । साथै वालेटबाट बैंकका रकम पठाउ“दा १० रुपिया“ लाग्ने भएको छ । एजेन्टमार्फत् वालेटमा ५ हजारदेखि २५ हजारसम्म रकम लोड गर्दा र झिक्दा प्रतिकारोबार ५ देखि २५ रूपिया“सम्म शुल्क लाग्ने भएको छ ।

यसै गरी राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानीसम्बन्धी कारोबारमा लाग्ने शुल्कलाई समेत राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत् संशोधन भएको छ ।

नया“ व्यवस्थाअनुसार ५ हजारदेखि १० हजारसम्मको कारोबारमा ८ रुपिया“ शुल्क लाग्नेछ । यसअघि ३ हजारदेखि १० हजारसम्मको कारोबारमा ८ रुपिया“ ३ हजार रुपिया“सम्मको कारोबारमा ५ रुपिया“ शुल्क लाग्दै आएको थियो । अब सो शुल्कमा ५ रुपिया“ हजारसम्मको कारोबार गर्न सकिने छ । त्यस्तै, १० हजारभन्दा माथिको सबै कारोबारमा १० रुपिया“ शुल्क लाग्ने भएको छ । यसअघि २० रुपिया“ शुल्क लाग्दै आएको थियो ।

राष्ट्र बैंकले अन्तर बैंक एटीएम शुल्कलाई पनि घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा स्वदेशमा प्रतिकारोबार १५ रुपिया“सम्म शुल्क लाग्ने भएको छ । यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार २० रुपिया“सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर, अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्थालाई केन्द्रीय बैंकले हटाएको छ ।

राष्ट्र बैंकले विद्युतीय कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धी व्यवस्थालाई पनि परिवर्तन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कार्डबाट नेपालमा नेपाली रुपिया“मा गरिने कारोबारको फछ्र्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । साथै यस्तो प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्विचहरूको लागि कुनै जमानत÷बन्ड जारी गर्नुपर्ने भएमा नेपाली रुपिया“मै गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, रेमिट्यान्स कम्पनीस“ग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स गर्न सकिने भएको छ । यसरी रेमिट्यान्स प्राप्त गर्दा भने वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाको हदबन्दी लाग्ने छैन । राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्टको माध्यमबाट कारोबार गर्दा बिहानको समयमा प्रतिकारोबार १० रूपिया“, दिउ“सोको समयमा २० रूपिया“ र सा“झको समयमा भने दुई सय रूपिया“ शुल्क तोकेको छ ।

विश्वभर नै मन्दी लाग्छ : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्व आर्थिक मन्दी कायमै रहने प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि आर्थिकमन्दी कायमै रहने प्रक्षेपण गरेको हो ।

आईएमएफले सन् २०२३ मा मुद्रास्फीतिदर ६ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२२ मा ८ दशमलव ८ प्रतिशत रहेको थियो । सन् २०२४ मा भने मुद्रास्फीतिदर ४ दशमलव ३ प्रतिशतमा रहने आईएमएफको प्रक्षेपण कोषको छ ।

उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२÷२३ मा ५ दशमलव एक र २०२३÷२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफले मह“गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने जनाएको छ ।

सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत ३ दशमलव ५ प्रतिशत मात्रै थियो । ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकमा सन् २०२२ मा औसत ७ दशमलव ३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत रहने अनुमान छ । न्यून आय भएका र कम विकसित मुलुकमा सन् २०२२ मा १४ दशमलव २ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर ८ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो ।