जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी गर्छु: प्रजिअ पाण्डे

0
Shares

काठमाडाैं ।

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताएका हुन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसंँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए । आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गरेका छन् ।

अधिकारी पाण्डेले बझाङ जिल्लालाई शान्ति सुरक्षा एवंम सुव्यवस्थीत बनाउन ‘हाम्रो सान, हाम्रो बझाङ’ भन्ने आफुले संङ्कल्प लिएको बताए । उनले कालो बजारी, अपराध र भ्रष्टाचार आफुले शुन्य सहनशिलतामा राखेको भनाई छ ।

ताक्लाकोट नाकाको विषय, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । साथै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले पनि जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थीत बनाउने विषयमा आ–आफ्ना सुझावहरु दिएका छन् ।