सन्दीप लामिछानेलाई थुनामा राख्न सरकारी वकिल सर्वोच्चमा

0
Shares

काठमाडाैं  ।

नानाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो।

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार लिएर आज निवेदन दिएकाे रेग्मीले जानकारी दिए  ।