दाङ र बुटवल उद्योग वाणिज्य संघबीच साझा समस्या र नयाँ अवसरमा सहकार्य गर्ने सहमति

0
Shares

बुटवल  ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई बुटवलमा स्वागत गरेको छ । औद्योगिक क्षेत्र तथा उद्योग वाणिज्य संघहरुको संस्थागत अध्ययन भ्रमणमा आएको टोलीलाई संघमा स्वागत गर्नुको साथै बुटवल औद्योगिक क्षेत्रमा अध्ययन भ्रमण गराएको हो ।

त्यस अवसरमा उद्योगी व्यवसायीका वर्तमान समस्या, समाधानका उपायहरू, दुई संघबिच सम्बन्ध र सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।  दाङबाट आएको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले संघले स्थापना कालदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानको बारेमा जानकारी गराउनु भयो । उहाँले उद्योगी व्यवसायीमा आउने साझा समस्या र नयाँ अवसरहरूमा सहकार्यको लागि प्रस्ताव गर्नुभयो ।

२०१० सालमा स्थापित संघले स्थापना कालदेखि नै यस क्षेत्रको आर्थिक विकासको साथै सामाजिक तथा शैक्षिक र स्वास्थ्यको क्षेत्रमा विशेष योगदान गर्दै आएको छ ।  त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भ्रमणको उद्देश्य, दुई संघका बिचमा हुनसक्ने सहकार्यका थप विषय बस्तुमा भनाई राख्दै सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले गरेका गतिविधि सहितको संक्षिप्त जानकारी मूलक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रम सचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको थियो ।