महंगी नियन्त्रणको माग राखेर माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

काठमाडौं ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। देशको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको र महंगी बढेकाले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको भन्दै ज्ञापनपत्रमार्फत एकीकृत समाजवादील देशको आर्थिक संकट समाधानका लागि तत्कालै कदम चाल्न माग गरेको छ ।