कपडा उद्योगमा अवैध धन्दा, ११ केजी लागुऔषधसहित ४ जना पक्राउ

0
Shares

धनगढी ।

धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो।

जिप्रका कैलालीको टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।