चितुवाको छालासहित १ जना पक्राउ

0
Shares

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ दिगबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका २ दिगका ३८ वर्षीय सोमानसिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज (सोमबार) दिउसो करिब पौने ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छालासहित खत्रीलाई ईलाका प्रहरी कार्यालय मुझुङ्गले नियन्त्रणमा लिएको हो ।

खत्रीको घरबाट चितुवाको मुखदेखि पुच्छरसम्मको ६ फिट २ इन्च र छात्तिको भागको ३ फिटको छाला फेला पारी थप अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय हार्थोक बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।