जनचेतनाका लागि गीति मेला

0
Shares

अपांगता भएका व्यक्तिप्रति जनचेतना जगाउने उद्देश्यले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले हालै आउ साथी एउटा खुसीको दियो बालौ बोलको जागरण गीत प्रवद्र्धनका लागि गीति मेलाको आयोजना गरे को छ । समूहका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पना र स्टुडियो साउन्ड मिलको प्रस्तुति रहेको गीत मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधानलगायतले गाएका छन् ।

कार्यक्रममा मस्तिष्क पक्षाघात तथा अन्य अपांगता भएका बालबालिका र कोपिला नेपालका बालबालिकाले उक्त गीतमा नृत्य प्रस्तुत गरेका थिए । समारोहका प्रमुख अतिथि एवं नेपालका लागि अस्ट्रे लियाका राजदुत फेलिसिटी भकले संस्थाको अवलोकन गर्दै संस्थाले गरेको कामको प्रशंसा गरेकी थिइन् ।

उनले आउ साथी एउटा खुसीको दियो बालौ बोलको जागरण गीत ज्यादै प्रेरणादयी र जन चेतनामूलक रहेकोले गीतको प्रवद्र्धनका लागि पनि आफ्ना कार्यक्रममा समावेश गर उने बताइन् ।

गीतकी गायिका बुनु श्रेष्ठले गीत संगीतको माध्यमबाट समाजमा जागरण फैलाउने उद्देश्यले आफूहरुले उक्त गीत तयार पारे को बताइन् । कार्यक्रममा कलाकार तथा उक्त गीतका गायक मदनकृष्ण श्रेष्ठ गायिका बुनु श्रेष्ठ, अमन श्रेष्ठ, मिक्सिङ मास्टर महेश्वरमान राजभण्डारी, बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे र विभिन्न प्रकारका अपांगता भएका व्यक्ति तथा उनीहरूका अभिभावकसहित विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नरेश प्रधानको शब्द र संगीतकार शक्ति बल्लभको संगीत तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको जागरण गीत गत डिसेम्बर ३ तारिखमा अपागंता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीबाट विमोचन गरिएको थियो ।