शिक्षा पत्रकार सञ्जाल (इजोन)को अध्यक्षमा पराजुली

0
Shares

काठमाडौं ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को अध्यक्षतमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली निर्वाचित हुनुभएको छ । आज भएको आठौ अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा गोरखापत्रका सूर्यप्रसाद पाण्डे, द काठमाण्डु पोष्टका विनोद घिमिरे, रेडियो कान्तिपुरकी पार्वता चौधरी, कोषाध्यक्षमा दि राईजिङ नेपालकी मञ्जिमा ढकाल रहनुभएको छ ।

सदस्यहरुमा विद्यालय पत्रिकाका रुपेश आचार्य, उज्यालो रेडियो नेटवर्कका अर्जुन पोखरेल, बागमती टेलिभिजनका दीपक अर्याल, अनलाईन खबरकी नुनुता राई, बाह्रखरीकी सुनिता (सोनु) लोहनी र शिलापत्रका दिनेश गौतम चयन भएका छन । २०६६ सालमा स्थापित इजोनमा विभिन्न सञ्चार माध्यममा शिक्षा विटमा क्रियाशिल पत्रकार रहेका छन् ।

 

शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्री शिशिर खनालले उद्घाटन गर्नुभएका अधिवेशनमा उहाले शिक्षा क्षेत्रको उन्नयन गर्न पत्रकारको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
उद्घाटन सत्रमा शिक्षाविद्, मन्त्रालयका सहसचिव , मन्त्रालयका विभिन्न विभागका प्रमुख , निजी विद्यालय प्याक्सन र एन प्याब्सन, हिसान, इक्यान,सामुदायीक विद्यालयको प्रधानअध्यापक लगायत शिक्षा क्षेत्रका सरोकारवालाहरुको उपस्थिती थियो ।