संखुवासभा।
संखुवासभामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनले आफ्ना ७३ वर्षीय बुवा गोठे राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए।
घाइते भएका उनको उपचारका लागि अस्पताल लैजानेक्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।











प्रतिक्रिया