पोखरा।
पोखरामा जारी रहेको टाइगर कप भलिबल प्रतियोगिताको आज फाइनल खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएको छ ।
पोखराको रंगशालामा आयोजित उक्त खेलमा गण्डकी प्रदेश र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो ।
खचाखच दर्शकले भरिएको खेल मैदानमा ५००० भन्दा बढी दर्शकले खेल अवलोकन गरेको अनुमान गरिएको छ ।
खेल सञ्चालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको विषयलाई त्यति चासो नदिएको र क्षमता भन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन् पुगेको दर्शकहरुले बताएका छन् ।
खेल सञ्चालनको क्रममा पछाडि रहेका दर्शकलाई खेल हेर्न असहज भएपछि केही दर्शकहरुले सशस्त्रका खेलाडीहरुलाई बसिदिन आग्रह गरेका थिए । त्यसैक्रममा खेलमा सहभागी रहेका खेलाडीले रिस देखाएपछि खेल मैदानमा विवाद सृजना भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडी माथिनै बोतल प्रहार गरेका हुन् । बोतल प्रहार भएपछि सशस्त्रको खेलाडीहरुले पनि रिसले थाम्न नसकेर उल्टै दर्शक सामु प्रहार गर्न लागेपछि दोहोरो बोतल हानाहान भएको थियो ।
केही समयको विवादपछि अन्ततः आयोजकले सुरक्षा घेरामा राखेर खेल अगाडी बढाएको थियो भने आज सम्पन्न खेलमा गण्डकी प्रदेश प्रथम र सशस्त्र प्रहरीको सहभागी टिम दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतिक्रिया