पृथ्वीको नजिकैबाट गयो एउटा क्षुद्रग्रह

 खगोलविद् भन्छन्- ठूलो दुर्घटना टर्यो

0
Shares

काठमाडौँ।

केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको एस्टेरोइड क्षुद्रग्रह दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको खगोलविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको ।

२०२३ बीयू नाम दिइएको उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६०० किलोमिटर नजिकसम्म आएर पार भएको थियो ।

छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ । यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै ठूला आकारका क्षुद्रग्रहहरू छन् र उनीहरुको पहिचान गर्न बाँकी छ भन्ने देखाएको छ । यो क्षुद्रग्रहलाई अघिल्लो हप्तामात्र खगोलविद् गेन्नाडी बोरिसोभले फेला परेका थिए ।

त्याे क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दूरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोक्किने सम्भावना भने निकै नै कम हुने विज्ञहरु बताउँछन् ।

त्यस्ता भूउपग्रहहरू पृथ्वीभन्दा ३,६००० किलोमिटर माथिको अन्तरिक्षमा रहेका छन्।

-बीबीसीबाट