सवारी दुर्घटनामा एकको मृत्यु

0
Shares

वीरगन्ज।

पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो ।हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो ।

सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट अचानक खसेका विजयलाई बीच भागको ठूलो चक्काले किचेको थियो ।बेहोस अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

ट्याक्टर सहित चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।