इसेवाको कर्मचारी हुँ भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

0
Shares

काठमाडौँ।

इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकको छ ।

पक्राउ पर्नेमा धनुषाको माधव नारायण नगरपालिका-२का १९ वर्षीय शुभम साह रहेका छन् । उनले ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा करिब १६ लाख १३ हजार रुपियाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । उनको साथबाट प्रहरीले बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।