झुठा विवरण पेस गरी नागरिकता लिएको आरोपमा महिला पक्राउ

0
Shares

काठमाडौं।

झुठा विवरण देखाई नागरिकता लिएको कसुरका काठमाडौँबाट एक महिला पक्राउ परेकी छन्। बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।