सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्‍न

0
Shares

काठमाडौँ।

सेना दिवस २०७९ को अवसरमा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी सोमबार सम्पन्न भएको छ। बलाध्यक्ष सिताराम खड्काले जंगी अड्‍डामा एक समारोहकाबीच समापन गर्नुभएको हो।

नेपाली सेनाः इतिहासदेखि वर्तमानसम्म भन्ने नाराकासाथ शुक्रबारदेखि शुरु भएको उक्त प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरु, ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरु लगायतको विविध सामाग्री तथा फोटोहरु प्रदर्शन गरिएको थियो ।

 

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको समापन कार्यक्रममा बलाध्यक्ष रथी खड्काले नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी २०७९ मा सहभागी युनिटहरुलाई कदरपत्र प्रदान गर्नुका साथै, प्रदर्शनीमा प्रथम हुने श्री नं.१७ बाहिनी अड्‍डा, द्वितीय हुने श्री रिपुमर्दिनी सैनिक महाविद्यालय र तृतीय हुने श्री विशेष फौज बाहिनीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

चार दिनसम्म चलेको उक्तप्रदर्शनीमा करिव पाँच हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त प्रदर्शनीको गत शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले समुद्‍घाटन गर्नुभएको थियो ।