राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । आज (सोमबार) पार्टीको उक्त समितिको बैठक केहीबेरमा बस्ने भएको हो ।

राप्रपा नेपालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्ने भएको छ । बैठक दुई दिन (सोमबार र मंगलबार) बस्ने बताइएको छ ।

बैठकमा निर्वाचन र मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाबारे समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा छलफल हुने महामन्त्री राप्रपा नेपालका राजाराम बर्तौलाले जानकारी दिए ।

उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता बसन्तमानसिंह अधिकारिले जानकारी दिए ।