उपसभामुख राना राजनीतिक दल र सांठनिक जिम्मेवारीबाट अलग

0
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन् ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र सांठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निवाृचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी थिइन् । उनले आजै उपसभामुख पदको सपथ लिँदैछन् ।