देशले अझै राजनीतिक स्थिरता पाएको छैन : पूर्वराष्ट्रपति यादव



eQmk’/, * df3 -/f;;_ M g]kfnsf k|yd Pj+ k”j{ /fi6«klt /fdj/0f ofbj dLgs’df/L /f0ff k|lti7fg afnsf]6n] cfh eQmk’/df cfof]hgf u/]sf] k’/:sf/ Pj+ 5fqa[lQ ljt/0f sfo{qmddf ;xeflu x’b} . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर।

पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भएपनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनु भएको छ ।
मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उहाँले नेपालमा २००७ साल २०१७ साल र त्यस पछि पनि धेरै क्रान्ति भए पनिर देशमा संविधान राम्रै बने पनि देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन भन्नुभयो ।उहाँले क्रान्तिको परिणामले जनतालाई आड भरोसा र विश्वास दिलाउन सकेको छैन भन्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित वरिष्ठ साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवर सिंह बस्नेत र वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गर्नु भयो । सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गर्नु भयो ।

कार्यक्रममा राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय (डिएमपिएस) सानो ठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व. राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद विनोद चौधरी, काँग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, काँग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाले दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्‍याएको चर्चा गर्नु भयो ।

सम्मानित व्यक्तित्वहरु साहित्यकार गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उहाँहरुले देखाएको असल बाटोलाई अङ्गीकार गर्दै आफूहरू अगाडि बढेको बताउदैे नेपाली काँग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट रु. एक लाख पाँच हजार प्रदान गर्ने घोषणा समेत गर्नु भयो ।

त्यस अवसरमा प्रतिष्ठानका महासचिव रवि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरी पहिलो वर्षमै वरिष्ठ व्यक्तित्वलाई पुरस्कार र विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेर आमाको स्मरणलाई जीवन्त राखेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्