कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍याे : शेखर कोइराला

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताएका छन् ।

बत्तीसपुतलीमा कांग्रेस संस्थापनइतर समूहको बैठकमा नेता कोइरालाले पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको बताएका हुन् ।

विश्वासको मत विभाजनमा आफूले नेतृत्वलाई तटस्थ बस्नुपर्ने सुझाव दिएको आफ्नो पक्षको भेलामा सहभागी नेताहरुलाई बताए । तटस्थ बस्ने प्रस्ताव कार्यसम्पादन समितिमा आफूले राखेको जानकारी दिँदै उनले भने हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नहुने उनको भनाइ थियो । संस्थापनइतर भेलामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियाे ।